नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरणका साथै अन्य महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्न ७६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा चैत १९ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। यसबाहेक, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरूको अनुमोदन, तथा नयाँ लेखापरीक्षकको नियुक्ति जस्ता विषयहरू पनि सभामा छलफल हुनेछन्।
कम्पनीले चैत ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, चैत ६ गतेभित्र नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस