Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १४ : १४ मा प्रकाशित

राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं

 व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोषी राप्रपाको रहेको आरोप लगाएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका हुन् । 

प्रसाईंले भने, ‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो,२०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’

प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले राप्रपाले गणतन्त्रको भोज खाएर राप्रपाले राजसंस्थाको रक्षा गर्न नसक्ने समेत बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको