प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् ।
मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’
प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ? भन्दै प्रश्न गरेका छन् । उनले अहिलेको प्रणाली नै नागरिक सर्वोच्चता भएको भन्दै अहिले सरकार समाजवादतर्फ उन्मुख भएको जिकिर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस