नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो, जसमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गतेसम्म बढाइएको छ। यस अवधिमा सेयरधनीहरूले तोकिएको प्रक्रिया पूरा गरी हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि माघ १८ गते बुकक्लोज गरेको थियो। सोही आधारमा, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुनेछन्।
नेको इन्स्योरेन्सले हाल कायम ४ कित्ता सेयर बराबर १ कित्ता नयाँ हकप्रद सेयरको अनुपातमा सेयर जारी गरेको छ। यसअन्तर्गत, कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको, अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले नेको इन्स्योरेन्सलाई "IRN Single A+ Issuer Rating" प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।
नेको इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरूले निम्न माध्यमबाट आवेदन दिन सक्नेछन्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस