बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन नै गर्न नसक्ने गरी बढेको छ। समयमै असुल हुन नसकेको कर्जाको धितो लिलामीमार्फत बिक्री नभएपछि बैंकहरूले उक्त सम्पत्ति आफैँ सकार्न बाध्य हुन्छन्। यही कारण गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै जाँदा बैंकहरू थप दबाबमा परेका छन्।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ७९.८९ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३५ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
यो रकम गत आर्थिक वर्षको सोहि अवधिमा १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
सबैभन्दा धेरै कुन बैंकसँग ?
गैरबैंकिङ सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक,हिमालयन बैंक,एनआईसी एशिया बैंक र नबिल बैंकसँग सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति रहेको छ ।
ग्लोबल आइएमई बैंक - १६८ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड १८ लाख रुपैयाँ
हिमालयन बैंक - ४ अर्ब ४८ करोड ७२ लाख
एनआईसी एशिया बैंक- ४ अर्ब ११ करोड
नबिल बैंकको - ३ अर्ब ६६ करोड,
अन्य कुन बैंकको कति ?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५६ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ५० प्रतिशतले बढेर २ अर्ब ६५ करोड र प्राइम बैंकको २ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
चालु आवको माघ मसान्तसम्ममा लक्ष्मी सनराइजको १३ प्रतिशतले बढेर १ अर्ब ६० करोड, प्रभु बैंकको १२९ प्रतिशतले बढेर १ अर्ब २५ करोड, एनएमबि बैंकको ४५ प्रतिशतले बढेर १ अर्ब १५ करोड, सिटिजन्स बैंकको २५१ प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ ।
अन्य ७ बैंकको गैरबैंकिङ सम्पत्ति भने १ अर्ब तल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस