Like us!
Follow us!
Connect us!
Watch us!

कार्यकाल सकिनुअघि १० दिनको ‘फोर्स लिभ’मा गभर्नर अधिकारी

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १७ : १३ मा प्रकाशित

कार्यकाल सकिनुअघि १० दिनको ‘फोर्स लिभ’मा गभर्नर अधिकारी

यही चैतको अन्तिम साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ ।

२०७६ साल चैत २४ को मन्त्रीपरिषद्को निर्णयअनुसार महाप्रसाद अधिकारी १७ औं गभर्नरकारुपमा नियुक्त भएका थिए । त्यसयता गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकिन लागेको हो ।

कार्यकाल सकिन लाग्दा उनी १० दिन अनिवार्य बिदामा बस्न लागेका हुन् । उनी भोलि चैत ५ गतेदेखि १५ गतेसम्म बिदामा बस्नेछन् । यससँगै डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिने भएको छ । गभर्नरको कार्यकाल सकिनुअघि सञ्चित बिदा सक्काउनुपर्ने भएकाले उनी बिदामा बस्न लागेका हुन् । कार्यकाल सकिन लागेसँगै गभर्नर अधिकारीले अत्यावश्यक बाहेकका अन्य निर्णय यसअघि नै गर्न छोडेका थिए ।

गत फागुन २१ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्ति सिफारिस समिति गठन गरिसकेको छ। समितिका सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र वित्त व्यवस्थापन क्षेत्रका विज्ञका डा विश्व पौडेल रहेका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको