आज चैत ७ गतेदेखि १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने भएको छ ।
नेप्सेको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य कायम गर्ने निर्णय गरेको हो । यो नयाँ नियम आजबाट दोस्रो बजारमा कार्यान्वयनमा आउनेछ।
योसँगै बजारमा कारोबार हुने अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सेयरको क्लोजिङ प्राइसहुने भएको हो । जसअनुसार २ः४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई नै अन्तिम कारोबार मूल्य कायम गरिने भएको हो ।
अहिले बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस