Like us!
Follow us!
Connect us!
Watch us!

१२ वर्षे बन्दमुखी म्युचुअल फन्ड एमबीएल इक्विटी फन्डमा लगानी गर्ने अवसर आजसम्म मात्र

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, ०७ : २८ मा प्रकाशित

१२ वर्षे बन्दमुखी म्युचुअल फन्ड एमबीएल इक्विटी फन्डमा लगानी गर्ने अवसर आजसम्म मात्र

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन आज हो। इच्छुक लगानीकर्ताले आजभित्रै आवेदन दिई आफ्नो लगानी सुरक्षित गर्नुपर्नेछ।

१२ वर्षे बन्दमुखी योजना

माछापुच्छ्रे क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीका लागि ल्याएको हो। यो फन्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना अन्तर्गत सञ्चालन हुनेछ, जसले दीर्घकालीन लगानीकर्ताहरूका लागि अवसर प्रदान गर्नेछ।

कोष प्रवर्धक र इकाई संरचना

यस फन्डको कुल १५ प्रतिशत इकाईमध्ये १ करोड ६८ लाख इकाई माछापुच्छ्रे बैंकलाई र १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ। बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिएको छ। आवेदन दिने न्यूनतम सीमा १०० इकाई तोकिएको छ भने लगानीकर्ताले अधिकतम १ करोड २० लाख इकाई सम्म आवेदन दिन सक्नेछन्।

रेटिङ्ग र निष्काशन व्यवस्थापक

यस म्युचुअल फन्डको रेटिङ्ग केयर रेटिङ्ग नेपाल तथा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड द्वारा गरिएको छ। कोष प्रवर्धक माछापुच्छ्रे क्यापिटलले केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ भने योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरिएको छ। यस फन्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

आवेदन दिने तरिका

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा निर्माण गरिएको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत सहजै आवेदन दिन सकिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको