Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिको होला हात खाली ?

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, १६ : १५ मा प्रकाशित

ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिको होला हात खाली ?

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरिएको हो ।

आइपीओमा १८ लाख ३८ हजार जनाको हात रित्तो हुने भएको छ । आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अन्तिम दिनसम्म १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका फागुन २७ गतेदेखि मंगलबारदेखि चैत ३ गते आईपीओ बिक्री खुला गरेको थियो । आवेदन दिएकामा १ लाख ४७ हजार ६०० जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको