ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।
गोलाप्रथामार्फत गरिएको आईपीओ बाँडफाँडमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।
रीतपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जना आवेदकमध्ये भाग्यशाली लगानीकर्ताले सेयर पाएका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।
यस कम्पनीले फागुन २७ देखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीको बिक्री खुला गरेको थियो।
यसरी हेर्न सकिन्छ नतिजाः
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस