Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्मास्यूटिकल्सले बोलायो साधारण सभा,यस्ता छन् प्रस्ताव

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १५ : ३६ मा प्रकाशित

ओम मेगाश्री  फर्मास्यूटिकल्सले बोलायो साधारण सभा,यस्ता छन् प्रस्ताव

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले हालै सर्वसाधारणलाई आईपीओ जारी गरेपछि कम्पनीले आगामी असार ६ गते चितवनस्थित उद्योग परिसरमा बिहान ११ बजेदेखि ९औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

त्यसैगरी, सञ्चालक समितिको पुनर्गठन, सञ्चालकहरूको भत्ता तथा सुविधा निर्धारण, दुई जना सर्वसाधारण तर्फका सञ्चालकको निर्वाचन, साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, जेठ १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाम रहेको सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको