Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसहित ४ वटा समितिको बैठक बस्दैँ

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, ०८ : ०१ मा प्रकाशित

अर्थसहित ४ वटा समितिको बैठक बस्दैँ

संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयको कार्यालय परिसर, सिंहदरबारमा उक्त बैठक बस्दैँछ ।

जसअनुसार बिहान ११ः०० बजे अर्थ समितिको बैठक बस्नेछ । जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुदैँछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरु तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तर्क्रिया तथा छलफल हुनेछ  । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ८ बजे बस्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको