सेयर बजारले बल्ल सुधारको संकेत देखाएको छ । लगातार ६ दिन ओरालो लागेको सेयर बजारमा आज भने सुधार देखिएको हो ।
आज नेप्से ३०.५२ अकंले बढेर २६४५.२० बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको कारोबार भएको छ ।
आज फाइनान्स सेक्टर उच्च बढेको छ । आज मात्रै फाइनान्स समूहको ३.७५ प्रतिशतले सेयरमूल्य बढेको छ । बैंकिङ समूहको ०.९२ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, हाइड्रोपावर समूहको १ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज २१० कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस