नेपाल स्टक एक्सचेज(नेप्से) मा सोमबार विभिन्न ३ कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ । सोमबार सर्वोत्तम सिमेन्ट, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
जसमा सर्वोत्तम सिमेन्टको ३२ लाख ५५ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, सोमबार शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्तको पनि बोनस सेयर पनि सूचीकृत भएको छ । शाइन रेसुंगाको १४ लाख २० हजार १०७.२९ कित्ता र मेरो माइक्रोफाइनान्सको ९ लाख ९० हजार बोनस सेयर सूचीकृत भएको हो । गत वर्षको नाफाबाट शाइन रेसुंगाले ३ प्रतिशत र मेरो माइक्रोफाइनान्स ७.५० प्रतिशत बोनस सेयर वितरण गरेको थिए । सोही बोनस सेयर सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस