नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले कडा टिप्पणी गरेका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै कुलमान घिसिङलाई हटाउने निर्णय सत्तारूढ गठबन्धनको राजनीतिक सहमतिसँग जोडिएको दाबी गरेका छन्। उनका अनुसार सोमबार सिंहदरबारमा बसेको तीन शीर्ष नेताहरूको गोप्य बैठकमा माओवादीले विगतमा गरेको मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा सरकार कुनै कारबाही नगर्ने तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक जस्ताको तस्तै पास गराउने सहमति भएको थियो।
शाहीले लेखेका छन्, "कमरेड प्रचण्ड सार्है नै बाठो छन्। टिआरसीसँग कुलमान पो साटेछन्।"
उनले यो सहमतिलाई लिएर सत्तारूढ दलका नेताहरूलाई कटाक्ष गर्दै सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। शाहीको भनाइले कुलमान घिसिङको बर्खास्ती पछाडि राजनीतिक सहमति रहेको विषयलाई नयाँ बहसमा ल्याएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस