नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले कुलमानलाई हटाउने निर्णय कांग्रेस पदाधिकारी तहको सहमतिबिना गरिएको बताएका छन्। शर्माले लेखेका छन्, "कुलमान घिसिङलाई पदबाट हटाउन नेपाली कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमा सजग गराइएको थियो।"
उनले सरकारको यो निर्णयलाई समयोचित नभएको भन्दै "कारवाही योग्य केही भए, पछि पनि गर्न सकिन्थ्यो, तर केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारको यो निर्णय आउनु गलत हो," भनेका छन्।
शर्माले सरकारको निर्णयप्रति खुलेर विमति जनाउँदै कुलमान घिसिङलाई यसरी हटाउनु उपयुक्त नभएको स्पष्ट पारेका छन्। कुलमानको बर्खास्तीपछि कांग्रेसभित्रै पनि असन्तोष देखिएको संकेत उनले दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस