जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तससम्ममा करिब साढे ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा प्राधिकरणको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ७२ करोड ४६ लाख १२ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
कुनको कति ?
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । फागुन मसान्तसम्ममा कम्पनीले २८ करोड ५ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस