Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो - नेप्से फेरि २५ सयकै लाइनमा,यसकारण घट्यो लगानीकर्ताको मनोबल

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा पहिरो -  नेप्से फेरि २५ सयकै लाइनमा,यसकारण घट्यो लगानीकर्ताको मनोबल

आज सेयर बजार भारी अंकले घटेर बन्द भएको छ । 

आज नेप्से ५८.०८ अकंले घटेर २५८२.७३ बिन्दुमा बन्द भएको छ । ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोडको सेयर कारोबार भएको छ ।

सबै उपसूचकमा समेत पहिरो गएको छ । यसदिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.८२ प्रतिशतले घटेको छ ।

आज ४ कम्पनीको सेयरमूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४.५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले गुमाएका हुन् ।

सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाइ हटाउने निर्णय गरेपछि यसले सरकारको स्थिरतामै प्रश्न खडा गरेको छ, यसले लगानीकर्ताको मनोबल घटाएको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको