Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बिमा कम्पनीहरुले ८ महिनामा गरे १ खर्ब ९ अर्बको व्यापार, नेपाल र नेशनल अग्रस्थानमा हुँदा अन्य कुनको कति ?

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १२ : २९ मा प्रकाशित

जीवन बिमा कम्पनीहरुले ८ महिनामा गरे १ खर्ब ९ अर्बको व्यापार, नेपाल र नेशनल अग्रस्थानमा हुँदा अन्य कुनको कति ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालका १४ जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार, ८ महिनाको अवधिमा कम्पनीहरूले १ करोड ३४ लाख ४६ हजार ७९२ वटा बीमा पोलिसी बिक्री गरेका छन्।

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ। कम्पनीले यस अवधिमा कुल २९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जनमा दोस्रो स्थनमा नेशनल लाइफ इन्स्योरेन्स  रहेको छ । कम्पनीले ८ महिनामा कुल १३ अर्ब ६२ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै,एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणले प्रकाशित विवरणले देखाएको छ ।

यसैगरी,सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन चार अर्ब २९ करोड रुपैयाँ, मेट लाइफ नेपालको तीन अर्ब ८८ करोड रुपैयाँ, आइएमई लाइफको तीन अर्ब २८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको तीन अर्ब १९ करोड रुपैयाँ र सन नेपाल लाइफको दुई अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको