Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीको नाफामा १६ प्रतिशतको गिरावट, ८ वटाको घट्दा ६ वटाको बढ्यो

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १४ : ४५ मा प्रकाशित

जीवन बीमा कम्पनीको नाफामा १६ प्रतिशतको गिरावट, ८ वटाको घट्दा ६ वटाको बढ्यो

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनहिरुको नाफामा पनि गिरावट देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा १६.०१ प्रतिशतले नाफा घटेको हो ।   

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्ममा ६ अर्ब २ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

अघिल्लो आवको सोही अवधिसम्ममा जीवन बीमा कम्पनीहरुको नाफा ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण अनुसार ६ वटा कम्पनीको नाफा बढेको छ भने ८ वटाको नाफा घटेको छ । गत आर्थिक वर्षमा नाफा बढाउन सफल जीवन बीमा कम्पनीहरुमा रिलायबल नेपाल लाइफ, एशियन लाइफ, नेपाल लाइफ, सानीमा रिलायन्स लाइफ, सूयज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । त्यस्तै सिटिजन्स लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, मेट लाइफ, नेशनल लाइफ र एलआईसी नेपालको नाफा घटेको छ । 

समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा १७.३७ प्रतिशतले बृद्धि भएर ६० करोड ३२ लाख रुपैयाँ रहेको छ । यो कम्पनीले अघिल्लो आर्थक वर्षमा ५१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै गत आर्थिक वर्षमा रिलायबल नेपालको नाफा ४७.२५ प्रतिशतले बढेर ५७ करोड १ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै गत आर्थिक वर्षमा एशियन लाइफले अघिल्लो वर्षको भन्दा २४.५७ प्रतिशतले नाफा बढाएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ४० करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यो कम्पनीको नाफा ३२ करोड ८५ लाख रुपैयाँ रहेको थियो । 

वित्तीय विवरण अनुसार नाफा बढाउन सफल अर्को कम्पनी सानीमा रिलायन्स लाइफको नाफा ३७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको भन्दा ७.६० प्रतिशतले धेरै हो । यो कम्पनीको नाफा अघिल्लो आवको अन्तिमसम्ममा ३५ करोड ८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै गत वर्ष सूर्यज्योति लाइफले ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको भन्दा १.४५ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा वृद्धि भएको अर्को कम्पनील प्रभु महालक्ष्मी लाइफले अघिल्लो आवको भन्दा १.२५ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो कम्पनीले गत आवमा ३७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यो कम्पनीको नाफा ३६ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।  त्यस्तै गत आवको अन्तिमसम्ममा लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालको नाफा ६१.९२ प्रतिशतले घटेको छ । यो कम्पनीले गत आवमा ३१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८२ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै यो अवधिमा नेशनल लाइफको नाफा ४१ करोड २८ लाखमा खुम्चिएको छ । यो अघिल्लो आवको भन्दा ५६.२२ प्रतिशतले कम हो । यो कम्पनीले अघिल्लो आवमा ९४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै गत आवमा मेट लाइफको नाफा ४०.०७ प्रतिशतले घटेर ४९ करोड ६१ लामा झरेको छ । यो कम्पनीको नाफा अघिल्लो आवमा ८२ करोड ७९ लाख रुपैयाँ रहेको थियो । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले गत वर्षमा २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १६ प्रतिशतले कम हो । यो कम्पनीले अघिल्लो आवको २ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै गत आवमा हिमालयन लाइफको नाफा १३.७१ प्रतिशतले घटेर ५४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा ६३ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।  त्यस्तै गत आवमा सन नेपाल लाइफको नाफा पनि ५.६५ प्रतिशतले घटेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ५७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै गत आवमा आइएमई लाइफको नाफा ५८ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा ५.५४ प्रतिशतले कम हो । अघिल्लो आवमा यो कम्पनीले ६१ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै नाफा घटेको अर्को कम्पनी सिटिजन्स लाइफको नफा १.१६ प्रतिशतले घटेको छ । यो कम्पनीले गत आवमा ४२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको नाफा ४३ करोड रुपैयाँ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको