Like us!
Follow us!
Connect us!
Watch us!

फागुनसम्म ९ अर्ब ८७ करोडको बीमा पोलिसी सरेण्डर - कुनबाट कति रकम बाहिरियो ?

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १३ : ४० मा प्रकाशित

फागुनसम्म ९ अर्ब ८७ करोडको बीमा पोलिसी सरेण्डर - कुनबाट कति रकम बाहिरियो ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट ९ अर्ब रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार फागुन महिनासम्ममा ७१ हजार ५५४ वटा बीमापोलिसी सरेण्डरवापत कुल ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।  जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् ।

 कुनबाट कति ?

यो अवधिमा एलआइसी नेपालका बीमितहरुले सर्वाधिक बढी बीमा पोलिसी सरेन्डर गरेका छन् । कम्पनीको १७ हजार ८८९ वटा बीमा पोलिसी वापत ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ हजार ५७२ वटा बीमा पोलिसी वापत दुई अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको ९२ करोड ११ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ६१ करोड १४ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ६० करोड ५१ रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ५३ करोड २१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड २७ लाख रुपैयाँ र मेट लाइफको २७ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

यो अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १७ करोड ४५ लाख आइएमई लाइफ इन्स्योरेन्सको १३ करोड ५३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १४ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको