प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको घटनालाई गणतन्त्रको शक्ति बताउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।
रिमालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्:
"गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौंका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन्। यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो।"
उनको यो स्टाटसले राजनीतिक वृत्तमा चर्चा पाएको छ। कतिपयले यसलाई गणतन्त्रको विशेषता भन्दै समर्थन गरेका छन् भने कतिपयले राजनीतिक पूर्वाग्रहबाट प्रेरित अभिव्यक्ति भएको प्रतिक्रिया दिएका छन्।
रिमालको स्टाटस पूर्वराजा शाहलाई काठमाडौं महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको घटनासँग जोडिएको देखिन्छ। राजावादीले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्दा फोहोर, तोडफोड, र लुटपाट भएको भन्दै महानगरले निर्मल निवासलाई जरिवानासहितको पत्र पठाएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस