नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले बंगलादेशको मोडेलमा सत्तापलट गर्ने योजना बनाएको आरोप लगाएका छन्। उनका अनुसार यो योजना कार्यान्वयन गर्न दुर्गा प्रसाईंलाई ‘जनकमाण्डर’ तोकिएको थियो, जसले तीनकुनेमा हिंसा भड्काउन आफ्ना समर्थकहरू परिचालन गरे।
पोखरेलले सामाजिक सञ्जालमार्फत राजावादी र पूर्वपञ्चहरूले अपराधको दोष सुरक्षाकर्मीमाथि थोपर्न खोजेको दाबी गरेका छन्। उनका अनुसार प्रसाईंका हुलदंगा समूहहरूले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेपछि अहिले उनीहरू दोष अरूलाई सारेर उम्कने प्रयासमा छन्। तर खुला समाजमा सबै कुरा छर्लङ्ग भएकाले उनीहरूको प्रयास असफल हुने उनले बताएका छन्।
उनले आरोप लगाएअनुसार, तीनकुने घटनापछि राप्रपाका नेताहरूले सुरुमा दुर्गा प्रसाईं र उनका समर्थकहरूलाई नै दोष दिने प्रयास गरे। तर निर्मल निवासबाट आएको दबाबका कारण उनीहरू पछि हटे र प्रहरी दमनविरुद्ध प्रतिरोध गरेको दाबी गर्न थाले। पोखरेलले भनेका छन्, "अखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरूको नियति।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस