Like us!
Follow us!
Connect us!
Watch us!

हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न निर्देशन

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, ०८ : १७ मा प्रकाशित

हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न निर्देशन

नेपाल बीमा प्राधिकरणले काठमाडौं उपत्यकामा चैत्र १५ गते भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति तथा त्यसबाट पर्नसक्ने बीमा दाबीहरूलाई सहजरूपमा तथा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले हुलदङ्गाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै बीमितहरूलाई राहत प्रदान गर्न बीमा दाबी प्रक्रियालाई सहज र छिटो बनाउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो। यसका लागि बीमा कम्पनीहरूलाई क्षतिको विवरण संकलन गरी यथाशीघ्र दाबी प्रक्रियालाई टुंगोमा पुर्याउन निर्देशन दिइएको छ।

साथै, प्राधिकरणले हुलदङ्गाबाट प्रभावित बीमितको क्षतिको विवरण नियमित रूपमा संकलन तथा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था पनि गरेको छ। यसअनुसार, बीमा कम्पनीहरूले उक्त क्षतिको विवरण एक्सेल स्प्रेडसिट ढाँचामा तयार गरी प्राधिकरणद्वारा प्रदान गरिएको गुगल फर्मको लिङ्कमार्फत प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको