नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७६ औँ वार्षिक साधारण सभा आज (चैत १९, मंगलबार) आयोजना गर्दैछ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभाले विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ।
साधारण सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिनेछ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। हालका लेखापरीक्षकलाई पुनः नियुक्त गर्ने प्रस्ताव समेत राखिएको छ।
२०७८ सालमा सम्पन्न विशेष साधारण सभाले पारित गरेको १० सेयर बराबर ४ सेयरका अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना पुनरावलोकन गरिनेछ।
बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। त्यसैले, कम्पनीको प्रबन्धपत्रमा संशोधन गरी जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्च अनुमोदन।
नियामक निकायको निर्देशन अनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस