Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तले लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १० : ४६ मा प्रकाशित

स्वाभिमान लघुवित्तले लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर ५ प्रतिशत र कर प्रयोजनार्थ ०.२५३२ प्रतिशत नगद लाभांश छन्।

सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको