Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्न स्वाभिमान लघुवित्तको साधारण सभा भोलि

अर्थ संसार

विहीबार, १८ बैशाख २०८२, १४ : ११ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्न स्वाभिमान लघुवित्तको साधारण सभा भोलि

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि शुक्रबार बस्दैछ।

सभा तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभामा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सो अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पेश हुनेछ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको