Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन - प्रकाशशरण महत

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, १३ : ०६ मा प्रकाशित

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन - प्रकाशशरण महत

 सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएका छन् ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि महतले यस्तो बताएका हुन् ।

‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ महतले भने, ‘उहाँ(प्रचण्ड)ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए ।

‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ महतले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको