नेपाली कांग्रेसका युवा नेता एवं सांसद डा. सुनिल शर्माले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सांसद डा. शर्माले भनेका छन्, 'लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त भएको होइन। यो त नेपाली जनताको ठुलो बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाको ऐतिहासिक उपलब्धि हो।'
उनले लोकतन्त्रको वास्तविक अनुभूति गर्न राज्य सञ्चालनको शैलीमा परिवर्तन गरी 'शासक होइन, सेवक' को भावना अनुरूप जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्ने बताए ।
सांसद डा. शर्माले आजको दिन केवल सन्देश दिने र भाषण गर्ने दिन नभई आत्ममूल्यांकन गर्ने अवसर भएको बताएका छन् । उनले भनेका छन्, 'आज हामी विचारमा लोकतन्त्रप्रति प्रतिबद्ध छौं, तर व्यवहार, नेतृत्व शैली र सेवा प्रवाहमा भने लोकतान्त्रिक छैनौं। यसलाई सुधार गर्नैपर्छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस