नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा रहनु कांग्रेसको बाध्यता भएको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’
समस्याको मात्रै कुरा गरेर नहुने भन्दै महामन्त्री थापाले समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस