परराष्ट्र मन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको सम्भाना नरहेको बताएकी छन् । शुक्रबार थाइल्याण्डबाट परिवारसहित फर्कने क्रममा उनले सरकार परिवर्तन विदेशमा गइ नभइ नेपालमै रहेको बेला हुने भन्दै सरकार परिवर्तनका लागि विदेश गएको भन्ने विषयमा सत्यता नभएको दाबी गरिन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाले सरकार परिवर्तन सम्बन्धीका समाचारहरू देखेर आफूहरू छक्क परेको पनि बताइन्।
‘समाचारहरू आउने गर्छ, सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार त परिवर्तन हुँदैन,’ मन्त्री राणाले भनिन्, ‘हामी पनि आफै छक्क पर्यौं, हिजो न्युजहरू हेर्दा। यसबारेमा हिजो बेलुकी सभापतिज्यू र प्रधानमन्त्रीज्यूबीच टेलिफोनमा कुराकानी पनि भएको छ, यस्तो केही पनि छैन।’
सरकार परिवर्तनबारेका समाचारहरू आइरहेको सन्दर्भमा प्रधानमन्त्री र सभापतिले के हो यो विषय भन्नेमा चासोसहित कुरा गरेको उनको भनाइ थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस