Like us!
Follow us!
Connect us!
Watch us!

व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको छ - श्याम घिमिरे

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, १४ : १४ मा प्रकाशित

व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको  छ - श्याम घिमिरे

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले देशमा व्यवस्था मात्रै परिवर्तन नभई अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको दाबी गरेका छन् ।

आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको जिकिर गरे ।

उनले भने, ‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’ ‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं,संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको