Like us!
Follow us!
Connect us!
Watch us!

नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ - नेपाली काँग्रेस

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, १४ : ३७ मा प्रकाशित

नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ - नेपाली काँग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले राजसंस्था पुनस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ।

शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताएका हुन्।

साथै, कांग्रेसले चिना टिप्पणी नहेर्न पनि आग्रह गरेको छ।  नेपाली काँग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनको भनाइ छ ।सम्बोधनको क्रममा उनले नेपालको राजतन्त्रमा संवैधानिक भइ बस्ने स्वभाव नै नभएको बताए ।

प्रमुख सचेतक घिमिरेले भने, ‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ,’ चिना टिप्पणी नहेरे हुन्छ । त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन् । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली काँग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन,‘नेपाली काँग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन । नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो ।’ राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍यायो । नेपाली काँग्रेसलाई दिशा बदल्न बाध्य पारियो,’ घिमिरेले भनेका छन्, ‘यसको लागि नेपालको राजतन्त्र आफैँ दोषी छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको