सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले जननिर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाएका छन् । प्रतिनिधि सभाका बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई यस्तो आग्रह गरेका हुन् ।
नेपालबाट श्री ३ र श्री ५ कसरी समाप्त भयो भन्ने बुझ्न उनको सुझाव छ ।
‘जनताको प्रतिनिधिहरूले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री ३ किन फर्किंदैन ?’
ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई श्री ५ बनाउने भन्ने राप्रपाले मोहन शमशेरका नाति पशुपति शमशेरलाई श्री ३ बनाउने भनेर न्याय किन नगर्ने भन्दै व्यङ्ग्य गरे ।
‘ज्ञानेन्द्रको नाति हृदयेन्द्र उहाँलाई श्री ५ फर्काउने भए मोहन शमशेरको नाती पशुपति शमशेर जंगबहादुर राणालाई पनि श्री ३ फर्काउनुपर्यो । राप्रपाले उहाँलाई पनि न्याय गराउनुपर्यो’, सांसद रिजालले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस