Like us!
Follow us!
Connect us!
Watch us!

५ खर्ब निक्षेप बढ्दा कर्जा १ अर्ब - बैंकको सीडी रेसियो घटेर ७९.३५ प्रतिशतमा

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १४ : १३ मा प्रकाशित

५ खर्ब निक्षेप बढ्दा कर्जा १ अर्ब - बैंकको सीडी रेसियो घटेर ७९.३५ प्रतिशतमा

पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।

केन्द्रीय बैंकको वैशाख ८ र ९ गतेको तथ्यांकअनुसार एकैदिन निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको हो । वैशाख ८ गते बैंकिङ प्रणालीमा ६८ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । 

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्ब रुपैयाँकै वृद्धि देखिएको छ । वैशाख ८ गते ६० खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन  भएकोमा भोलिपल्ट बढेर ६१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । 

सो समयमा बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । वैशाख ८ गते ५५ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भोलिपल्ट ५५ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले नै बढेको छ ।  केन्द्रीय बैंकको अनुसार सो समयमा सिडी रेसियो घटेर ७९.३५ प्रतिशत र अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको