चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाली बैंकिङ क्षेत्रमा कर्जा असुलीको प्रक्रियामा केही सुधारका प्रारम्भिक संकेतहरू देखिएका छन्।
विगतका त्रैमासहरूको तुलनामा ब्याज असुली केही सहज भए तापनि बजारमा नगद प्रवाह बलियो नहुँदा यसले अझै अपेक्षित गति लिन सकेको छैन। विशेषगरी निर्माण क्षेत्रको सरकारी भुक्तानीमा भएको ढिलाइले ठूला कर्जाहरूको गुणस्तरमा असर पारेको छ। जसका कारण बैंकहरूले थप 'प्रोभिजनिङ' गर्नुपर्दा नाफामा दबाब महसुस गरिरहेका छन्। यद्यपि, पछिल्लो समय बैंक र ऋणीबीचको सम्बन्धमा केही सुधार आएको छ भने सुरक्षा निकायको सक्रियताले कर्मचारीहरूलाई फिल्डमा काम गर्न सहज वातावरण बनेको छ।
सम्पर्कबाहिर रहेका ऋणीहरू पुनः बैंकको सम्पर्कमा आउनु र किस्ता पुनर्संरचनाका लागि प्रस्ताव गर्नुलाई सकारात्मक मान्न सकिन्छ। समग्रमा, बैंकिङ क्षेत्र अहिले स्थिरताको चरणमा रहे पनि पूर्ण सुधारका लागि सरकारी खर्चमा वृद्धि र निजी क्षेत्रको लगानी मनोबल बढ्नु अनिवार्य देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस