Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो निक्षेप र कर्जा प्रवाह: बैंकिङ क्षेत्रमा कति छ लगानीयोग्य रकम ?

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, १७ : ५६ मा प्रकाशित

घट्दो निक्षेप र कर्जा प्रवाह: बैंकिङ क्षेत्रमा कति छ लगानीयोग्य रकम ?

पछिल्लो सयम बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार साउन २५ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ७२ खर्ब ३९ अर्ब पुगेको छ । यो साउन २४ गतेको भन्दा ९ अर्बले कम हो । 

साउनको २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा यस्तो निक्षेप संकलन ७२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो । कुल निक्षेप संकलनमध्ये वाणिज्य बैंकहरुमा मात्रै ६४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह पनि घटेको छ । साउन २५ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा ५५ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । साउन २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । 

कुल कर्जा लगानीमध्ये वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । पछिल्लो समय अन्तर बैंक ब्याजदर पनि घटेको छ । अहिले अन्तर बैंक ब्याजदर २.६८ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकहरुको औषत सीडि रेसियो ७६.०७ प्रतिशत रहेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ६ खर्ब हाराहारीको लगानीयोग्य रकम थुप्रिएको छ । जसले गर्दा नेपाल राष्ट्र बैंकले तरलतालाई व्यवस्थापन गर्नका लागि बजारबाट रकम प्रशोचन गरिरहेको छ । आज (बुधबार) मात्रै पनि केन्द्रीय बैंकले बजारबाट २५ अर्ब रुपैयाँ प्रशोचन गर्नका लागि सूचना जारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको