Like us!
Follow us!
Connect us!
Watch us!

धेरैलाई रमाइलो लाग्यो ,तर डाँडामा बसेर २-३ लाख कमाउन सम्भव छ - गगन थापा

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १२ : २७ मा प्रकाशित

धेरैलाई रमाइलो लाग्यो ,तर डाँडामा बसेर २-३ लाख कमाउन सम्भव छ - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डाँडामा बसेर २-३ लाख कमाउन सम्भव रहेको दोहोर्याएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आफूले गरेको परिकल्पना सम्भव रहेको बताए। 

'मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईंहरुलाई एउटा प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर २-३ लाख कमाउन सकिन्छ भन्ने कुराको मैले परिकल्पना गरे। कतिलाई रमाइलो पनि भयो। तर, त्यो परिकल्पना हो। सपना हो। सम्भव पनि छ,' उनले भने।

महामन्त्री थापाले कुनै पनि व्यक्तिलाई हातमा सीप र क्षमता दिनसके महिनाको २-३ लाख कमाउन सम्भव रहेको बताए। 'किन सम्भव छ भन्नुहुन्छ भने हामी 'नलेज इकोनोमी'मा छिरेका छौं। चीनमा जन्मिएका एउटा केटाले डीपसीक बनाए। सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि उनले च्याट जिपीटीलाई चुनौती दिन्छु भन्दै गर्दा त्यो के कुराले सम्भव भयो त? सबै ठाउँमा सम्भावनाको ढोका खुलेको छ,' उनले भने।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको