Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रम र बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ - देउवा

अर्थ संसार

विहीबार, १८ बैशाख २०८२, १३ : ५२ मा प्रकाशित

नीति तथा कार्यक्रम र बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ  - देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन् । अन्तराृष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

श्रमिकलाई अधिकार दिलाउनका लागि आफ्नो पार्टी सधैं अग्रस्थानमा रहेको उनले जिकिर गरे ।

‘श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। हरेक राजनीतिक र अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ । नेपाली कांग्रेस श्रमिक अधिकार दिलाउनका लागि सधैं अग्रस्थानमा छ,नेपालको संविधानले रोजगारी र श्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुरक्षित गरेको छ । श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली कांग्रेसकै सरकार भएको बेलामा आएका हुन् ।’ सभापति देउवाले भने। 

सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ भन्ने विश्वास आफूले लिएको देउवाको भनाइ छ ।

देउवाले सम्बोधनको क्रममा भने ,‘स्वदेशमै रोजगारी सिर्जना गरी युवाशक्ति स्वदेशमै रहेन र स्वदेशमै ज्ञान सिप वृद्धिको विकास लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको सपना पूरा गर्नु छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको