प्राविधिक उद्यमी तथा बहुराष्ट्रिय कम्पनी टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो “निकट मित्र” भएको बताएका छन्। ट्रम्पका बुहारी लारा ट्रम्पले सञ्चालन गरेको अमेरिकी टेलिभिजन कार्यक्रम My View मा शनिबार बेलुकी प्रसारित अन्तर्वार्तामा मस्कले ट्रम्पसँगको घनिष्ठ सम्बन्धबारे खुलासा गरेका हुन्।
“हामी झन्डै ८० प्रतिशत कुरा एउटै जवाफ दिन्छौं”
“राष्ट्रपतिलाई म मित्र ठान्छु, र उहाँले पनि मलाई मित्र ठान्नुहुन्छ भन्ने लाग्छ,” मस्कले भने, “यदि हामीलाई छुट्टाछुट्टै कोठामा राखेर एउटै प्रश्न सोधियो भने, ८० प्रतिशत कुरामा हाम्रो जवाफ एउटै हुने सम्भावना छ। हामी प्रायः सहमत हुन्छौं।”
सेतो घरको विशेष सल्लाहकार पद संकटमा
एलन मस्क हाल ट्रम्प प्रशासनमा Government Efficiency Department (DOGE) मा विशेष सल्लाहकारको रूपमा कार्यरत छन्। सो भूमिका मे ३० मा समाप्त हुने तय भए पनि राष्ट्रपति ट्रम्पले केही दिनअघि मस्कलाई “चाहिएजति समयसम्म” पदमा रहन सक्ने संकेत दिएका छन्। मस्कले संघीय कर्मचारी कटौती र बजेट कटौती जस्ता निर्णयमा मुख्य भूमिका खेलेका छन्।
“नाजी अभिवादन आरोप हत्यारापूर्ण षड्यन्त्र” – मस्क
यसै अन्तर्वार्तामा एलन मस्कले जनवरीमा ट्रम्पको उद्घाटनपछिको कार्यक्रममा आफूले दिएको “नाजी शैलीको अभिवादन” आरोपप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले त्यो इशारा “मायालु अभिव्यक्ति” मात्र भएको दाबी गरे।
“यो निरन्तरको प्रचार युद्ध हो,” मस्कले भने, “राष्ट्रपतिले पनि विगत २० वर्षदेखि यस्तो आक्रमणको सामना गर्दै आउनुभएको छ।”
“म नाजी होइन, यस्तो आरोप घोर अपमानजनक”
मस्कले आफैं दक्षिण अफ्रिकामा विभेदकारी शासनमा जन्मिएको भए पनि आफूले कसैलाई कुनै पनि किसिमको क्षति नगरेको बताए। “म कसैको हानि नगरेको मान्छे हुँ, मलाई नाजी भन्नु अपमानजनक कुरा हो,” उनले भने।
मिडिया र डेमोक्रेटहरूलाई कडा आलोचना
मस्कले आफू र ट्रम्पमाथिको आरोपलाई “चरित्र हत्या अभियान” भने। “यदि कसैले मलाई सिधै मार्न सक्ने बटन दबाउन पाउँथ्यो भने, उनीहरूले त्यो तुरुन्तै गर्ने थिए,” उनले कटाक्ष गरे, “तर म अलि गाह्रो मान्छे भएकोले उनीहरूले चरित्र हत्या सुरु गरेका हुन्।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस