Like us!
Follow us!
Connect us!
Watch us!

“एलन मस्कले ठूलो गल्ती गरे” — अमेरिकी उपराष्ट्रपतिको टिप्पणी

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ०७ : ४८ मा प्रकाशित

“एलन मस्कले ठूलो गल्ती गरे” — अमेरिकी उपराष्ट्रपतिको टिप्पणी

मेरिका भित्र चुलिंदै गएको डोनाल्ड ट्रम्प र एलन मस्कबीचको विवादले अब उच्च राजनीतिक तहमा पनि चर्चा पाउन थालेको छ। अमेरिकी उपराष्ट्रपति JD Vance ले खुलेरै मस्कको व्यवहारलाई "ठूलो गल्ती" भनेका छन् र आशा व्यक्त गरेका छन् कि टेस्ला CEO एलन मस्क फेरि ट्रम्पको समर्थनमा फर्किनेछन्।

"म सधैं राष्ट्रपति ट्रम्पप्रति निष्ठावान रहनेछु, र आशा गर्छु एलन फेरि पार्टीभित्र फर्किन्छन्," Vance ले अमेरिकी कमेडियन थियो भोनसँगको पोडकास्ट अन्तर्वार्तामा भने। यो अन्तर्वार्ता मस्क–ट्रम्प विवाद सुरु भएयता उपराष्ट्रपतिद्वारा मस्कमाथिको पहिलो प्रत्यक्ष टिप्पणी हो।

तर Vance ले स्पष्ट संकेत दिए कि एलन मस्कको पछिल्लो अभिव्यक्तिहरू यति “nuclear” भइसकेका छन् कि सम्भवत: मेलमिलाप असम्भव भइसकेको हुन सक्छ।

"दुई शक्तिशाली पात्रबीचको युद्ध राष्ट्रको हितमा छैन"

Vance ले मस्कको विचारको स्वतन्त्रता स्वीकार गर्दै भने — "उहाँ आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ। म भन्न खोज्दैछु कि उहाँले मेरो वा सरकारको विचारसँग सहमति जनाउनैपर्छ भन्ने होइन।" तर उनले यो पनि जोड दिए — "विश्वकै सबैभन्दा धनी मानिस, जुनसुकै दृष्टिले पनि एक प्रेरणादायी उद्यमी, राष्ट्रकै सबैभन्दा शक्तिशाली व्यक्तिसँग भिड्नु गम्भीर गल्ती हो।"

उनले थपे, "ट्रम्प राष्ट्रपति हुनुलाई सम्मान गर्नुपर्छ। हामी सबै कुरामा सहमत नहुन सक्छौं, तर यस्तो व्यक्तिगत युद्ध राष्ट्रको हितमा हो जस्तो लाग्दैन।"

“मस्क शान्त भए देशलाई फाइदा हुन्छ”

JD Vance का अनुसार राष्ट्रपति ट्रम्प पनि यो ‘blood feud’ लाई आवश्यक ठान्दैनन्। "राष्ट्रपति ट्रम्प यो व्यक्तिगत द्वन्द्व आवश्यक छ भन्ने सोचमा छैनन्। एलन मस्क अलिक शान्त भए देशको लागिसमेत राम्रो हुन्छ," उनले भने।

Vance ले यसअघि पनि X (पूर्व ट्विटर) मा पोस्ट गर्दै ट्रम्पको नेतृत्वप्रति समर्थन जनाएका थिए — "राष्ट्रपति ट्रम्पले मेरो जीवनकालमा अरू कुनै नेताले भन्दा बढी राष्ट्रवाद समर्थक आन्दोलनको विश्वास जितेका छन्। म उहाँसँग गर्वका साथ उभिएको छु।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको