Like us!
Follow us!
Connect us!
Watch us!

१४ %ले बढ्यो जीवन बीमा कम्पनीको व्यवसाय - नेपाल लाइफकै वर्चश्व, बृद्धिदरमा को अगाडी ?

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, ११ : ४८ मा प्रकाशित

१४ %ले बढ्यो जीवन बीमा कम्पनीको व्यवसाय - नेपाल लाइफकै वर्चश्व, बृद्धिदरमा को अगाडी ?

जीवन बीमा कम्पनीहरुको व्यापारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । ९ महिनामै ठुल जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब २६ अर्ब बढी छ । समिक्षा अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १३ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार १४ जीवन बीमा कम्पनीको व्यवसा गत आवको तुलनामा १४.६२ प्रतिशतले बृद्धि भएको हो । । गत आवको सो अवधिमा कम्पनीहरुले कुल १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।

हाल संचालनमा रहेका सबै कम्पनीहरुको व्यापार वृद्धि भएको छ । समिक्षा अवधिमा नविकरण मार्फत कम्पनीहरुले ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन १३.६८ प्रतिशत बढेर २४ अर्ब ४० करोड १ लाख रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुको यस्तो व्यवसाय २१ अर्ब ४६ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, वैदेशिक रोजगार बीमा मार्फत २ अर्ब २३ करोड ३ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेका छन् ।हाल १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख सक्रिय छन् ।

समीक्षा अवधिमा बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स र गत आवको तुलनामा व्यवसाय बृद्धिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेको छ।

जीवन बीमा व्यवसायमा नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको २६.१६ प्रतिशत हुन आउँछ । कम्पनीको व्यवसाय वृद्धिदर भने १२.१० प्रतिशत रहेको छ । व्यवसायको आकारमा दोस्रो सूचीमा नेशनल लाइफ छ । कम्पनीले ९ महिनामा १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने २१.२५ प्रतिशत धेरै हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि आफ्नो व्यापार ९.३६ प्रतिशत बढाएर १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, हिमालयन लाइफले भने १२ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, यो गत वर्षको तुलनामा भने सामान्य अर्थात् २.१६ प्रतिशत मात्रै बढी हो ।

व्यापार बढाउनेको पहिलो सूचीमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ४९.२५ प्रतिशत वृद्धि भई ८ अर्ब १६ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । रिलायवल नेपालको व्यापार पनि २३.७५ प्रतिशत वृद्धि भई ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, प्रभू महालक्ष्मी लाइफले १९.९५ प्रतिशत, सिटिजनको १९.८४ प्रतिशत, सूर्यज्योतिको १७.३३ प्रतिशत, आइएमई लाइफको १४.६४ प्रतिशत, सानिमा रिलायन्सको १३.३२ प्रतिशत, एशियन लाइफको ११.६५ प्रतिशत, सन नेपालको १०.६२ प्रतिशत र मेट लाइफको ७.५२ प्रतिशत वृद्धि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको