Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्डबारे छानबिन गरौं - सांसद खतिवडा

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, १२ : ३७ मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्डबारे छानबिन गरौं  - सांसद खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले धितो बोर्डको अध्यक्षले कमिसनको काण्डबारे छानबिन गर्न र अख्तियार प्रमुखको अभिव्यक्तिलाई ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले  यस्तो आग्रह गरेका हुन् । 

सो क्रममा खतिवडाले धितोपत्र बोर्डको अध्यक्षको कमिसन काण्डबारे पनि छानबिन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएका छन्, यसबारेमा सरकारले जवाफ दिनुपर्यो ।’

सो क्रममा खतिवडाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्न पनि सरकारलाई आग्रह गरेका हुन् । 

खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताए ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको