माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले विभिन्न प्रमुख सूचकहरूमा सकारात्मक वृद्धि हासिल गरेको छ ।
खुद नाफा
माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ३० करोड ९१ हजार रुपैयाँ थियो।
कुल आम्दानी
यस अवधिमा कम्पनीले ६९ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४६ प्रतिशत बढी हो।
प्रशासनिक खर्च/ वित्त खर्च
यस अवधिमा कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाख र हा्रसकट्टी खर्च ३३ लाख ६ हजार रहेको छ । साथै कम्पनीको वित्त खर्च १८ करोड १७ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च २० करोड ७८ लाख रहेको थियो । कम्पनीको वित्त आम्दानी ७० लाख १८ हजारबाट घटेर १४ लाख ४६ हजारमा सीमित बनेको छ ।
चुक्तापुँजी
यस अवधिमा कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)१७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.८७ रुपैयाँ रहेको छ।
मूल्य आम्दानी अनुपात/तरलता अनुपात
मूल्य आम्दानी अनुपात ३२.६६ गुणा र तरलता अनुपात २.९८ प्रतिशत कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस