अर्थ संसार,काठमांडौ - आजैबाट नेप्सेमा सुचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्यमा भारी वृद्धि भएको छ । नेप्सेले माउन्टेन इनर्जीलाई पहिलो कारोबारका लागि न्युनतम ११४ रुपैयाँ ८१ पैसा देखि अधिकतम ३४४ रुपैयाँ ४३ पैसा सम्मको कारोबार रेन्ज प्रदान गरेको थियो ।
कारोबारको पहिलो दिनमै माउन्टेन इनर्जिको शेयर मुल्यमा ९.८८ प्रतिशतले वृद्धि भई ३७८ रुपैयाँ पुगेको छ । पहिलो दिनमा माउन्टेनको ५३ हजार ५० कित्ता सेयरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस