Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभामा नारायण खड्काको प्रश्न : के हो सरकारको अबको ड्राइभ ?

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १२ : १९ मा प्रकाशित

प्रतिनिधि सभामा नारायण खड्काको प्रश्न : के हो सरकारको अबको ड्राइभ ?

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले सडकमा रहेको असन्तोष र निराशा कम गर्ने गरी सरकार अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद् खड्काले विदेशमा रहेका नेपालीलाई समेत सम्बोधन गर्ने गरी सरकार अगाडि बढ्न आवश्यक रहेको बताए । नेपालमा रहेका स्रोतको अधिकतम प्रयोगमा जोड दिइनुपर्ने उनले बताएका छन् । तर, यसअनुसार नीति तथा कार्यक्रम आउन नसकेको उनको टिप्पणी छ ।

‘समग्रमा हेर्ने हो भने २४ वटै मन्त्रालयका कुराहरू आएका छन् । तर, के हो त ? सरकारको अबको ड्राइभ ? इन्जिन अफ ग्रोथ’ डा. खड्का भन्छन्, ‘विकास हाँकेर लाने कुन कार्यक्रमले गर्छ भन्ने काहीँ पनि उल्लेख छैन ।’

उर्जामा, कृषिमा महत्वकांक्षी योजना रहेको तर, कुन कार्यक्रमले विकासलाई ड्राइभ गर्छ भन्ने फोकस हुन नसकेको भन्दै उनले सरकारले यसमा विशेष ख्याल गर्नुपर्ने बताए । यस्ता विषय नीति तथा कार्यक्रममा नसमेटिएको भएता पनि बजेटमा समेटेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको