Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो झण्डै १२ खर्ब

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १७ : ०९ मा प्रकाशित

रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो झण्डै १२ खर्ब

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा विप्रेषण आप्रवाहमा (रेमिट्यान्स) १० प्रतिशतको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको जनाएको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धि दर १७.२ प्रतिशत मात्रै थियो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि भएको छ। हाल यो आप्रवाह ८ अर्ब ७४ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२२२,११,२२६ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको