प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार यो अवधिमा कम्पनीको मुनाफा घटेको छ ।
४८.८४ प्रतिशतले घट्यो नाफा
सार्वजनिक विवरण अनुसार कम्पनी ९ महिनामा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।
कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ४८.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
४५.९९ प्रतिशतले बढ्यो कम्पनीको बीमा कोष
चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ७६ करोड रुपैयाँबाट बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ४५.९९ प्रतिशतले बढेको हो ।
आम्दानीमा गिरावट
यता, कम्पनीको आम्दानी १ अर्ब ९ करोड रुपैयाँबाट ३३.५६ प्रतिशतले घटेर ७२ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस