Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार मुद्दा दर्तासँगै सांसद बस्नेतको पद स्वतः निलम्बन

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १३ : ४३ मा प्रकाशित

भ्रष्टाचार मुद्दा दर्तासँगै सांसद बस्नेतको पद स्वतः निलम्बन

टेलिकम ट्राफिक मनिटरिङ (टेरामक्स) प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बन हुने भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कसैविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा त्यस व्यक्ति पदमा रहन अयोग्य ठहरिँदै स्वतः निलम्बनमा रहने प्रावधान छ। उक्त ऐनमा स्पष्ट रूपमा भनिएको छ: “...थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।”

टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यद्यपि, संसद सचिवालयका अधिकारीहरूले औपचारिक जानकारी प्राप्त भएपछि मात्र निलम्बनसम्बन्धी प्रतिक्रिया सार्वजनिक गरिने बताएका छन्। अब सभामुखले प्रतिनिधिसभामा निलम्बनको सूचना सुनाउने प्रक्रिया अगाडि बढ्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको