Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जामा आक्रामक वाणिज्य बैंक ,२० मध्ये १९ ले दिए ऋण, सबैभन्दा बढी दिने कुन–कुन ?

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, ११ : १३ मा प्रकाशित

सेयर धितो कर्जामा आक्रामक वाणिज्य बैंक ,२० मध्ये १९ ले दिए ऋण, सबैभन्दा बढी दिने कुन–कुन ?

सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंकहरु आक्रामक देखिएका छन् । बैंकहरुले  चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म १ खर्ब रुपैयाँ बढी सेयर धितो कर्जा (सेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले चैतसम्म १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका हुन्। यो अघिल्लो वर्षको तुलनामा ५०.४७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६७ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका थिए। 

तेस्रो त्रैमासम्म १७ वटा बैंकको सेयर लोन प्रवाह बढेको छ भने २ वटाको घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर लोन दिएको छैन।

सबैभन्दा बढी ऋण दिनेमा कुन-कुन ?

चालु आर्थिक वर्षको चैतसम्म नबिल बैंकबाट सबैभन्दा धेरै सेयर लोन गएको छ। यो वर्षको चैतसम्म नबिलले १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ सेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको सेयर लोन २४.९२ प्रतिशतले बढेको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकबाट ११ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ सेयर लोन गएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६८.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ग्लोबल आइएमईले ६ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ सेयर लोन दिएको थियो।

तेस्रोमा कुमार बैंक रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म कुमारी बैंकबाट ९ अर्ब १३ करोड ९४ लाख रुपैयाँ सेयर लोन गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट ४ अर्ब १ करोड ७० लाख रुपैयाँ सेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको सेयर लोन १२७.५२ प्रतिशतले बढेको छ।

२ वटा बैंकको  घट्यो ऋण प्रवाह

तेस्रो त्रैमासम्म २ वटा बैंकको सेयर लोन प्रवाह घटेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एनआईसी एसिया बैंकको सेयर लोन प्रवाह ४१.७२ प्रतिशत र हिमालयन बैंकको सेयर लोन प्रवाह ०.७४ प्रतिशतले घटेको हो ।

अन्य कुनले कति दिए ?

यसैगरी यो वर्ष चैतसम्म सिद्धार्थ बैंकबाट ८ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ७ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ६ अर्ब ८५ करोड १ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ५ अर्ब २१ करोड ३८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ४ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ सेयर लोन गएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा सिद्धार्थको सेयर लोन प्रवाह ५४.९९ प्रतिशत, नेपाल बैंकको ४३.६८ प्रतिशत, प्राइमको ८७.८८ प्रतिशत, सिटिजन्सको ५४.५१ प्रतिशत, लक्ष्मी सनराइजको ६०.७४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १७.२७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म प्रभु बैंकबाट ४ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब २२ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ, एभरेस्ट बैंकबाट २ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ र सानिमा बैंकबाट २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ सेयर लोन गएको छ। अघिल्लो वर्षको सेयर लोन प्रवाह प्रभु बैंकको ४४.६९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५८.८१ प्रतिशत, कृषि विकास बैंकको १३६.५७ प्रतिशत, एभरेस्ट बैंकको ३५.४४ प्रतिशत र सानिमा बैंकको ५१.१२ प्रतिशतले बढेको छ।

चैतसम्म एनआईसी एसिया बैंकबाट २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ, हिमालयन बैंकबाट २ अर्ब ११ करोड ६१ लाख रुपैयाँ, एनएमबि बैंकबाट २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट १ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ६१ करोड ३९ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ।  एनएमबि बैंकको १३२.९० प्रतिशत, माछापुच्छ्रे बैंकको २६४.६८ प्रतिशत र नेपाल एसबीआई बैंकको ३८८.३२ प्रतिशतले सेयर लोन प्रवाह बढेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको